अभिनेताको जन्मदिनमा ‘पीआर’ को नयाँ गीत (भिडियो)

KalakarmiKalakarmiSourceNov 23, 20251 min read
अभिनेताको जन्मदिनमा ‘पीआर’ को नयाँ गीत (भिडियो)
काठमाडौं– शोभित बस्नेतको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘पीआर’ को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । फिल्मका अभिनेता आरए सुरज पौडेलको जन्मदिनको अवसर पारेर उक्त गीत सार्वजनिक गरिएको निर्माण पक्षको भनाइ छ । शनिवार अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको निर्माण पक्षले जानकारी दिएको छ । यो गीतको भिडियो सलोमा युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । जहाँ अभिनेता आरए सुरज पौडेल तथा अभिनेत्री बिनिता कार्कीको रमाइलो नृत्य हेर्न सकिन्छ । मानस राजको संगीत, सनुप पौडेल तथा नीतु पुनको स्वरमा ...