सिक्किममा ‘ऊनको स्वीटर’को भव्य प्रिमियर, आजदेखि भारतमा रिलिज

KalakarmiKalakarmiSourceNov 21, 20251 min read
सिक्किममा ‘ऊनको स्वीटर’को भव्य प्रिमियर, आजदेखि भारतमा रिलिज
गान्तोक- नेपाली सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ। प्रिमियर सिक्किम राज्यका प्रतिष्ठित व्यक्तित्व, कलाकार तथा दर्शकहरूको उत्साहपूर्ण उपस्थिति बीच सम्पन्न भएको हो । प्रिमियरमा पूर्व विधायक तथा मुख्यमन्त्री प्रेम सिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई प्रमुख अतिथि रहिन् । त्यसै गरी सिक्किम चलचित्र विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, सिक्किम प्रहरी प्रमुख खेल वर्ण गुरुङ, श्रम विभागका अध्यक्ष प्रेमराज गुरुङ, संस्कृति बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, शिक्षा विभागका प्रमुख छोपेल शेर्पा लगायत राज्यका अन्य उच्चपदस्थ अधिकारी तथा कलाकारहरूको ...