सौगातको नयाँ फिल्म ‘बब डाई’ को छायांकन प्रारम्भ, १२ वर्षपछि निर्देशनमा फर्किए प्रविण

KalakarmiKalakarmiSourceNov 20, 20251 min read
सौगातको नयाँ फिल्म ‘बब डाई’ को छायांकन प्रारम्भ,  १२ वर्षपछि निर्देशनमा फर्किए प्रविण
काठमाडौं– नयाँ नेपाली फिल्म ‘बब डाई’ को छायांकन प्रारम्भ भएको छ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति तथा श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण हुने यो फिल्मको सोमवार शुभमुर्हुतसँगै छायांकन प्रारम्भ गरिएको हो । चन्द्रागिरीबाट छायांकन प्रारम्भ भएको ‘बब डाई’ को ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौंको कीर्तिपुर, चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ । यो फिल्मलाई प्रविण श्रेष्ठले निर्देशन गरिरहेका छन् । यसअघि ‘मोक्ष’ फिल्म निर्देशन गरेका प्रविणले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । निर्देशक श्रेष्ठका अनुसार ‘बब डाई’ मा कीर्तिपुरकै कथा छ । फिल्मको नामबारे निर्देशक श्रेष्ठ ...