‘परान’ हेरेपछि हिमानी शाहको प्रतिक्रिया– ‘नेपालको यथार्थ यहि हो’

KalakarmiKalakarmiSourceNov 19, 20251 min read
‘परान’ हेरेपछि हिमानी शाहको प्रतिक्रिया– ‘नेपालको यथार्थ यहि हो’
काठमाडौं– पूर्व युवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ‘परान’ हेरेकी छिन् । हालै दरवार सिने प्लेक्समा ‘परान’ हेरेपछि प्रतिक्रिया दिँदै शाहले ‘परान’ मा नेपालको यथार्थ भेटिने बताइन् । प्रतिक्रिया दिने क्रममा शाहले भनिन्– ‘अहिलेको अवस्थामा नेपालको यर्थार्थ यहि हो । नेपालीहरु विदेश पलायन भइराखेको अवस्था छ । परान हेर्नेहरुले नेपालको यथार्थ भेट्नु हुनेछ ।’ शाह आफ्ना केही आफन्तका साथमा सिनेमा हलमा पुगेकी थिइन् । ‘परान’ तेस्रो सातामा पुग्दै गर्दा ११ करोड रुपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरिसकेको छ । साथै हलमा दर्शकको संख्या अझै उच्च छ । दीपकप्रसाद आचार्य ...