फर्स्टलूक पोष्टरमा ‘लोकन्ती’, फिल्मका मुख्य कलाकार चित्रण

KalakarmiKalakarmiSourceNov 19, 20251 min read
फर्स्टलूक पोष्टरमा ‘लोकन्ती’,  फिल्मका मुख्य कलाकार चित्रण
काठमाडौं– आगामी मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘लोकन्ती’ को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको पोस्टर बाला चतुदर्शीको दिन पारेर सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु अभिनेता एसराज गराज, अभिनेत्री ऋचा थापा, हास्य अभिनेता दमन रुपाखेतीसहितका कलाकारलाई चित्रण गरिएको छ । फिल्मको पोस्टरमा फिल्मको मुख्य कलाकारहरुको क्यारेक्टर लूक देख्न सकिन्छ । सन्तोष न्यौपानेद्वारा निर्मित यो फिल्मको निर्देशन रञ्जित रानाले गरेका छन् । परिवार, संघर्ष, प्रेम, शान्ति र द्वन्दको कथा समेटिएको यो फिल्मलाई निर्माण पक्षले ...