मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भयो नयाँ नेपाली फिल्म ‘लोकन्ती’

KalakarmiKalakarmiSourceNov 16, 20251 min read
मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भयो नयाँ नेपाली फिल्म ‘लोकन्ती’
काठमाडौं– कृसन फिल्म्सले निर्माण गरेको नयाँ नेपाली कथानक फिल्म ‘लोकन्ती’ आगामी २०८२ मंसिर २६ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आउने भएको छ । परिवार, संघर्ष, प्रेम, शान्ति र द्वन्दको कथा समेटिएको यो फिल्मलाई निर्माता–निर्देशक रञ्जित राना मगरले ‘पूर्ण पारिवारिक ड्रामा’ का रूपमा प्रस्तुत गरेका छन् । यो फिल्ममा अभिनेता एसराज गराच प्रमुख भूमिकामा प्रस्तुत भएका छन् । काभ्रे जिल्लाका विभिन्न रमणीय लोकेशनमा छायांकन गरिएको यो फिल्म पारिवारिक प्रेम कथामा आधारित छ । यो फिल्मका निर्माता सन्तोष न्यौपाने हुन् । यो फिल्ममा अभिनेता गराचले मोडल तथा अभिनेत्री ऋचा थापासंग अनस्क्रिन रोमान्स गरेका ...