डाक्टर छोरीका बुवा बने दीपकराज गिरी

KalakarmiKalakarmiSourceNov 15, 20251 min read
डाक्टर छोरीका बुवा बने दीपकराज गिरी
काठमाडौं– लोकप्रिय फिल्मकर्मी दीपकराज गिरी डाक्टर छोरीकी बुवा बनेका छन् । उनकी छोरी मौसमी गिरीले मानसिक स्वास्थ्यमा विद्यावारिधी (पिएचडी) गरेकी छन् । अभिनेता तथा निर्मातासमेत रहेका गिरीले सामाजिक सञ्जालमार्फत छोरीलाई वधाइ दिँदै मौसमीले भारतको मानसरोवर ग्रुप अफ इन्स्टिच्युसन्सको नर्सिङ विधा अन्तर्गत विद्यावारिधि गरेकी हुन् । छोरीले विद्यावारिधि गरेपछि खुशी व्यक्त गर्दै गिरीले फेसबुकमा सञ्जालमा लेखेका छन्– ‘पढाइमा धेरै मेहनत गरेर पिएचडी गरेकी मेरी प्यारी छोरी मौसमीलाई हार्दिक वधाई छ । एउटा बुवाको लागि यो भन्दा खुसीको दिन के होला ?’ आफ्नो पोस्टसंगै अभिनेता गिरीले छोरीका तस्विसहरु पनि शेयर गरेका छन् । उक्त ...