दर्शकको मन जितिरहेको ‘जारी–२’ को नयाँ गीत इन्टरनेटमा (भिडियो)

KalakarmiKalakarmiSourceNov 13, 20251 min read
दर्शकको मन जितिरहेको ‘जारी–२’ को नयाँ गीत इन्टरनेटमा (भिडियो)
काठमाडौं– व्यवसायिक सफलताका साथ विश्वव्यापी प्रदर्शनरत फिल्म ‘जारी–२ः सङ अफ च्याब्रुङ’ को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीवार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा हजुरी’ मा मनोज थापा मगरको संगीत कम्पोज तथा हर्क साउदको गीत रचना रहेको गीत संगीतकार मनोज थापा मगर र सुनिता थेगिमको स्वर छ । यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । निर्माण टिमले हालसम्म कति व्यापार गर्यो भन्ने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । नेपालभरका सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्मका हलमा टिकट बिक्रि गर्ने अफिसियल वेबसाइट हेर्दा फिल्मले आक्रामक व्यापार गरेको देख्न सकिन्छ ...