काठमाडौं- लोकप्रिय हास्य कलाकार तथा अभिनेता केदारप्रसाद घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोष का लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
चलचित्र पत्रकार संघ नेपालले लामो समयदेखि पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि सञ्चालन गर्दै आएको कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ चलाइरहेको छ । यही अभियानअन्तर्गत आइतवार अभिनेता घिमिरेले संघका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले भने- ‘म आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु। यो पटक चलचित्र पत्रकारहरूका लागि सानो ...
केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषमा २५ हजार सहयोग


