काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् ।
बुधवार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा मन्त्री खरेलले छलफल गरेका हुन् ।
छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दवाव र अभाव हुन नहुने बताए । कतैबाट दवाव र अभाव भइरहेको छ भने त्यो तत्काल अन्त्य हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको धारणा राखे ।
‘कलाकारिता जस्तो सृजनशिल क्षेत्र भनेको यस्तो हो, जहाँ कुनै ...
‘कलाकारिता क्षेत्रमा कुनै पनि किसिमको दवाव र अभाव हुनु हुँदैन’


