वर्षाको मुस्कान, श्रीमान् भन्छन्– ‘हर्षको खुशी कहिले कम नहोस्’

KalakarmiKalakarmiSourceNov 5, 20251 min read
वर्षाको मुस्कान, श्रीमान् भन्छन्– ‘हर्षको खुशी कहिले कम नहोस्’
काठमाडौं– अभिनेत्री वर्षा राउत अचेल निकै खुशी देखिन्छन् । अझ भनौँ, अचेल उनी सधैँ झँैँ भन्दा थप खुशी देखिएकी छिन् । हुन त उनी सधैँ सुन्दर देखिन्छिन्, यद्यपि लामो समयपछि मंगलवार एउटा सार्वजनिक समारोहमा प्रस्तुत हुँदा उनको ‘स्लिम’ फिगरले धेरैलाई आश्चर्यमै पार्यो । फिट एण्ड फाइन वर्षा यसकारण पनि खुशी देखिएको हुनुपर्छ । यही मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हर्ष’ की मुख्य अभिनेत्री राउत यही फिल्मको ट्रेलर सार्वजनिक हुने समारोहमा आकर्षणको केन्द्र बनिन् । समारोहामा उपस्थित भएका फोटो पत्रकारहरु उनका विभिन्न भाव–भंगिमालाई क्यामरामा कैद गर्न होडवाजी गर्दै थिए भने ...