काठमाडौं– यतिबेला सामाजिक सञ्जाल एउटा नेपाली फिल्मको प्रशंसाले रंगिएको छ । कात्तिक १४ गते शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘परान’ ले दर्शकको मन–मुटु छोएपछि अहिले सञ्जालमा यही फिल्मको चर्चा, परिचर्चा चुलिएको छ । शुक्रवार तथा शनिवारको झरीले फिल्मको इनिसियल बिजनेसमा केही वाधा आए पनि आइतवारदेखि मौसम खुलेसंगै सिनेमा हलले यो फिल्मका लागि शोमात्र बढाएका छैनन्, परिवारैसहित सिनेमा हलमा जाने दर्शकको संख्यासमेत बढेको छ । रञ्जित आचार्य तथा शेखर गोल्छाद्वारा निर्मित यो फिल्ममा नीर शाह तथा मदनकृष्ण श्रेष्ठका साथमा पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ आदि ...
‘ढुंगाको जस्तो मुटु भएका दर्शकमात्र ‘परान’ हेरेर नरोला’- दीपकप्रसाद आचार्य, निर्देशक


