चलचित्र ‘परान’ले दर्शकको मन जित्यो, हलले शो थपे

Thulo PardaThulo PardaSourceNov 3, 20251 min read
चलचित्र ‘परान’ले दर्शकको मन जित्यो, हलले शो थपे
काठमाडौं – यति बेला सिनेमा हलहरूमा प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘परान’ ले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। मर्मस्पर्शी पारिवारिक कथावस्तु बोकेको यो फिल्म हेरेर दर्शकहरू भावुक भई भक्कानिएको भिडियोहरू सामाजिक सञ्जालमा छरिएका छन्। ‘सक्किगो नि’ टेलिशृंखलामा ‘काकु’ पात्रका रूपमा लोकप्रिय बनेका दीपकप्रसाद आचार्य को निर्देशकीय यात्रामा पहिलो कदमको रूपमा रहेको ‘परान’ ले उत्कृष्ट कथा, जीवन्त अभिनय र मन छुने प्रस्तुतिको कारण चौतर्फी प्रशंसा पाइरहेको छ। […]