पार्टीले मान्यता पाएपछि हर्क साम्पाङ भन्छन्– ‘आजसम्म यो देशमा नभएको काम गर्नेछु’

KalakarmiKalakarmiSourceNov 2, 20251 min read
पार्टीले मान्यता पाएपछि हर्क साम्पाङ भन्छन्– ‘आजसम्म यो देशमा नभएको काम गर्नेछु’
काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ । आयोगले आइतवाार पार्टीलाई मान्यता दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए । उनको भनाइ छ– ‘हाम्रो एजेण्डा काम गर्ने हो । जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो । उत्पादन, निर्माण र सामाजिक रुपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं ।’ साम्पाङका अनुसार श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वारा परिवर्तन ल्याउने संगठन ...