फिल्म प्रीमियरमा रुवाबासी ट्रेण्डः ‘परान’ का निर्माताको घोषणा ‘परान’ हेरेर आँखा रसाएन भने अर्को फिल्म नै बनाउँदिन’

KalakarmiKalakarmiSourceOct 31, 20251 min read
फिल्म प्रीमियरमा रुवाबासी ट्रेण्डः ‘परान’ का निर्माताको घोषणा ‘परान’ हेरेर आँखा रसाएन भने अर्को फिल्म नै बनाउँदिन’
काठमाडौं– आज कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘परान’ ले हिजो कार्तिक १३ गते राति काठमाडौंमा ग्राण्ड प्रीमियर शो आयोजना गरेको थियो । प्रीमियर शोमा फिल्म हेर्न पुगेका प्रायः सेलिब्रेटी तथा सञ्चारकर्मी दर्शक फिल्मको मध्यान्तर अगाडि नै रुन थालिसकेका थिए । त्यसो त अहिले फिल्म प्रदर्शन इज इक्वल टू रुने दर्शकको ट्रेण्ड नै भएको छ । फिल्म रुवाउने होस् अथवा हँसाउने अथवा प्रेम कथामा आधारित नै किन नहोस्, तर फिल्म हेरेपछि दर्शक रोएकै हुन्छन् । यसरी दर्शक रुँदा कसैलाई पनि कुनै बेफाइदा त छैन, उल्टो फिल्म हेरेर ...