प्रीमियरमा रुचाइयो ‘परान’, आजदेखि देशभर प्रदर्शन

KalakarmiKalakarmiSourceOct 31, 20251 min read
प्रीमियरमा रुचाइयो ‘परान’, आजदेखि देशभर प्रदर्शन
काठमाडौं– वरिष्ठ अभिनेता नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ आज कार्तिक १४ गते शुक्रवारदेखि देशभर रिलिज भएको छ । उत्साहजनक शो संख्यासहित रिलिज भएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने उच्च अपेक्षा गरिएको छ । यसअघि बिहीवार राति काठमाडौंमा आयोजित ग्राण्ड प्रीमियरमा ‘परान’ ले उत्कृष्ट प्रतिक्रियासमेत पाएको थियो । फिल्म हेरिसकेपछि धेरै भावुक भएको देखिन्थ्यो । विशेष गरी आफ्नो परिवारका सदस्यलाई धेरैले ‘बारबार सम्झनामा ल्यायो’ भन्दै प्रतिक्रिया दिएका थिए । वरिष्ठ अभिनेता हरिवंश आचार्यले निर्देशक दिपक आचार्यको डेब्यु फिल्म उत्कृष्ट रहेको भन्दै ‘परान’ ले देखाएको कथा ...