‘होस्टेल ३’ले दार्जिलिङमा मनायो ५१औं दिन

eHimalaya TimeseHimalaya TimesSourceOct 29, 20251 min read
‘होस्टेल ३’ले दार्जिलिङमा मनायो ५१औं दिन
काठमाडौं । चलचित्र ‘होस्टेल ३’ले भारतीय नेपाली समुदायमाझ पनि लोकप्रियता हासिल गरेको छ । नेपालका साथै चलचित्रले भारतको दार्जिलिङमा पनि राम्रो दर्शकको साथ पाएको छ । सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको ‘होस्टेल ३’ले त्यहाँ पनि प्रदर्शनको ५१औं दिन पूरा गर्न सफल भएको वितरक सुरज खड्काले जानकारी दिनुभयो ।