काठमाडौं- असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ ले अहिले आक्रमक व्यवसाय गरिरहेको छ ।
फिल्मले एक दिनमै अनमोलको पारिश्रमिक लिने जति कमाई गरेपछि यसका निर्माताको अहिले खुशीको सिमाना नै छैन ।
अनमोलका लागि ‘जेरी अन टप’ १२ वर्षपछि खोला फर्केर आए झैँ भएको छ । एक किसिमले भन्ने हो भने अनमोललाई फिल्म ‘छड्के’ मा लागेकाे दाग ‘जेरी अन टप’ ले पखाली दिएको छ ।
अहिले अनमोल पनि आफूलाई दर्शकले दिएको मायाले उत्साहित भएका छन् । त्यसो त अनमोललाई सधैँ बढी पारिश्रमिक लिने अभिनेता भनिँदै आएको छ । ...
‘जेरी अन टप’ को उत्कृष्ट व्यापारपछि शेयरमा काम गर्लान् अनमोल ?


