ट्रेलरमा ‘मन बिनाको धन’: अशोक दर्जीको सांगीतिक सफलताको कथा (भिडियो)

KalakarmiKalakarmiSourceOct 29, 20251 min read
ट्रेलरमा ‘मन बिनाको धन’: अशोक दर्जीको सांगीतिक सफलताको कथा (भिडियो)
काठमाडौं– कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘मन बिनाको धन’ को बुधवार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा बाल गायक अशोक दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । वर्तमान समाज, मन अनि धनबीचको टकराव र अशोक दर्जी कसरी जिरोदेखिको हिरोको यात्रामा अगाडि बढेका छन भन्ने विषयलाई भावनात्मक र सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ । सडक किनारमा गीत गाउँदै, माग्दै हिँडेका अशोक दर्जीलाई संगीतकर्मी टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका ...