जेन–जी आन्दोलनमा सहभागिता जनाएका कलाकारको चरित्र हत्याप्रति चलचित्र प्रतिष्ठानको आपत्ति

KalakarmiKalakarmiSourceOct 26, 20251 min read
जेन–जी आन्दोलनमा सहभागिता जनाएका कलाकारको चरित्र हत्याप्रति चलचित्र प्रतिष्ठानको आपत्ति
(सांकेतिक तस्विर) काठमाडौं– नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जेन–जी आन्दोलनमा सहभागिता जनाउने नेपाली कलाकारहरुप्रति नियोजित रूपमा भैरहेको चरित्र हत्याप्रति गम्भीर आपत्ति जनाएको छ । प्रतिष्ठानले शनिवार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही राजनीतिक मञ्चबाट भइरहेको यस्तो कार्य तत्काल रोक्न र दोषीलाई कारवाही गर्नसमेत माग गरेको हो । प्रतिष्ठानले सामाजिक सञ्जालमा कलाकारलाई सामाजिक वहिष्कारको धम्की दिने, झुटा आरोप लगाउने तथा अभद्र भाषा प्रयोग गरी बदनाम गर्ने कार्य लोकतान्त्रिक मूल्य र सांस्कृतिक स्वतन्त्रतामाथिको प्रहार भएको ठहर गरेको छ । यसका साथै प्रतिष्ठानले सामाजिक रूपान्तरणका आन्दोलनमा कलाकारको ऐतिहासिक भूमिका रहेको स्मरण गराउँदै सामाजिक ...