‘जेरी अन टप’ ले राख्यो व्यवसायिक कीर्तिमान

KalakarmiKalakarmiSourceOct 26, 20251 min read
‘जेरी अन टप’ ले राख्यो व्यवसायिक कीर्तिमान
काठमाडौं– गत असोज ३१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको नेपाली फिल्म ‘जेरी अन टप’ ले आक्रामक अकुपेन्सीलाई निरन्तरता दिएको छ । रिलिजको पहिलो दिनदेखि हाउसफूल बिजनेससहित सिनेमा हलमा भित्रिएको यो फिल्मले प्रदर्शनको नवौं दिन अर्थात हिजो कात्तिक ८ गते शनिवार १ करोड रुपैयाँभन्दा माथिको ग्रस विजनेस गरेर नयाँ किर्तिमान कायम गरेको छ । दोस्रो साताको विजनेसमा एकै दिन करोड माथिको कलेक्सन नेपाली फिल्म उद्योगको लागि दुर्लभ जस्तै बनिरहँदा युवा स्टार अनमोल केसी अभिनित फिल्मले यो सफलता प्राप्त गरेको हो । ‘जेरी अन टप’ ले हालसम्म यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्मको रूपमा आफूलाई ...