काठमाडौं– नेपाली फिल्मको बक्स अफिस प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै चलचित्र विकास बोर्डले एउटा सूचना जारी गरेको छ । कात्तिक ७ गते शुक्रवारको मितिमा सार्वजनिक गरिएको सूचनामा केन्द्रीय चलचित्र व्यवस्थापन प्रणाली, सिंहदरबारमा उत्पन्न प्राविधिक समस्याका कारण पछिल्ला ४३ घण्टादेखि प्रणालीमा समस्या देखिएको उल्लेख छ ।
सूचनामा भनिएको छ– ‘सर्भर अस्थायी रूपमा प्रभावित भएर पछिल्ला ४३ घण्टादेखि बक्स अफिस प्रणालीमा समस्या देखिएको छ ।’ यद्यपि, बोर्डले नेपालभर प्रदर्शनमा रहेका फिल्महरुको सम्पूर्ण रियल टाइम बक्स अफिस डाटा सुरक्षित रूपमा सञ्चित रहेको दावी गर्दै डाटा हराएको अथवा मेटिएको भ्रम फैलाउन नहुने बताएको ...
विकास बोर्डको बक्स अफिस प्रणालीको समस्या के हो ?


