काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटिकाको दिनमा अशोक दर्जीको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘मन बिनाको धन’ को टीजर सार्वजनिक गरिएको छ ।
टीजरमा रुँदै गरेको अशोकलाई देख्न सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको गीतको केहि अंश प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलर कार्तिक १२ गते बुधवार सार्वजनिक गर्ने समेत जानकारी दिइएको छ ।
कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘मन बिनाको धन’ को यतिबेला देशैभरिबाट आक्रामक प्रचारप्रसार प्रारम्भ गरिएको छ ।
बाटोमा गीत गाउँदै माग्दै हिँडेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ...
टीजरमा ‘मन बिनाको धन’: किन रोइरहेका छन् अशोक ?


