काठमाडौं- भोलि कार्तिक ६ गते बिहीवार भाइटीकाको दिन देशभर प्रदर्शनमा आउने नेपाली फिल्म ‘सोल्टिनी’ रिलिजको एक दिन अघि नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ ।
एसडी योगी र बेनिशा पौडेलको स्वरमा रहेको यस गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने कोरियोग्राफी शिशिर खातीले गरेका छन् ।
गीतमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत र परीक्षा लिम्बुबिचको आकर्षक केमेस्ट्री, रमाइलो नृत्य र लोक पप शैलीको ताजगी झल्किने भिजुअल देख्न सकिन्छ । यसले चलचित्रको कथा पृष्ठभूमि झल्काउँदै दर्शकलाई मनोरञ्जन र उत्साह दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ ।
‘सोल्टिनी’ टिम हालै देशभरका ...
भाइटीकामा प्रदर्शन हुने ‘सोल्टिनी’ को नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक


