फिल्म ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला

KalakarmiKalakarmiSourceOct 21, 20251 min read
फिल्म ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला
काठमाडौं- फिल्म ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बरालको मूख्य भूमिकामा रहेको फिल्मको अग्रिम बुकिङ खुला भएको हो । मल्टिप्लेक्ससहितका हलमा फिल्मले राम्रो शो पाएको छ । नेपाली फिल्मको बाक्लो रिलिज र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ ले सन्तोषजनक शो पाएको छ । ‘धेरै फिल्म रहेकाले सोही अनुसारको शो हाम्रो फिल्मले पाएको छ,’ निर्देशक सुरेन्द्र पौडेलले भने, ‘रिलिजपछि हाम्रो फिल्मको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो फिल्म बनाएका छौँ ।’ ‘वरिष्ठ बलराम’ ले राम्रो वर्ड अफ माउथ पाउनेमा उनी ढुक्क छन् ...