काठमाडौं– भाइटीकाको अवसर पारेर यही कात्तिक ६ गते बिहीवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सोल्टिनी’ को टीम तिहारको अवसर पारेर देउसी–भैलो खेल्न थालेको छ ।
फिल्मका कलाकारहरुको समुहले देश भरका विभिन्न शहरहरूमा देउसी–भैलो कार्यक्रममार्फत प्रचार–प्रसार गरेको हो । त्यसक्रममा कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै फिल्मको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निर्वाह गरिरहेका छन् ।
फिल्मका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायतको टोलीले आइतवार साँझ झापाको दमकमा याक्थुङ फिल्म मेकर्स एसोसिएसन कोशी प्रदेश कार्यसमितिसँग मिलेर आयोजना गरेको ‘देउसी भैलो कार्यक्रम’ मा ...
देशव्यापी देउसी-भैलो यात्रामा ‘सोल्टिनी’ टीम, सेन्सरबाट परिवार–मैत्री प्रमाणपत्र


