काठमाडौं- यही कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली फिल्म ‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरेको छ ।
गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वर प्रशान्त सिवाकोटी र झुमा लिम्बुले दिएका छन् । मधुर लय र भावनाले भरिएको गीतले चलचित्रको भावनात्मक कथालाई झल्काउने प्रयास गरेको छ ।
‘सोल्टिनी’ को कथा एक अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई उजागर गर्छ ।
निर्देशक अर्जुन सुवेदी निर्देशित यो फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन् । उनीहरूसँगै विल्सन विक्रम राई, ...
‘सोल्टिनी’ को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक, देउसी-भैलोमा सहभागी हुँदै कलाकार


