राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सवमा ‘संगिनी’ उत्कृष्ट, ‘कलर अफ टी’ का राज सरगम उत्कृष्ट निर्देशक

KalakarmiKalakarmiSourceOct 16, 20251 min read
राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सवमा ‘संगिनी’ उत्कृष्ट,  ‘कलर अफ टी’ का राज सरगम उत्कृष्ट निर्देशक
काठमाडौं- हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले ‘राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सव’ मा उत्कृष्ठ प्रथम लघु फिल्म ‘संगिनी’ र उत्कृष्ठ निर्देशकमा ‘कलर अफ टी’ का निर्देशक राज सरगम भएका छन् । बिहीवार राष्ट्रिय नाचघरमा रेडियो नेपालका प्रथम गायक रंगकर्मी, अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१ औँ जन्म जयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले उक्त महोत्सव आयोजना गरेको हाे । महोत्सवमा नौ लघु चलचित्र प्रतिस्पर्धामा थिए । प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाका अनुसार दुई दर्जन लघु चलचित्रमध्ये प्रतिष्पर्धाका लागि नौ चलचित्र छानिएको हो । उनले भने- ‘गुरू हरिप्रसाद रिमाल अभिनेता पनि ...