बर्दिया । बर्दियाबाट चलचित्र ‘लाली बजार’को छायांकन आरम्भ गरिएको छ । बुधबार बर्दियाको राजापुरमा यस चलचित्रको शुभमुहूर्त गर्दै छायांकन प्रारम्भ गरिएको हो । यस चलचित्रको सम्पूर्ण छायांकन आगामी ३५ दिनमा पूरा गरिने लक्ष्य राखिएको छ । स्वस्तिमा खड्काको मुख्य भूमिका रहने यस चलचित्रलाई ‘जात्रा’ सिरिजमार्फत स्थापित भएको निर्माण संस्था षट्कोण आट्र्सले निर्माण गरिरहेको छ ।
बर्दियाबाट ‘लाली बजार’


