काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा भिलेनको रूपमा लोकप्रियता हासिल गरिरहनुभएका अभिनेता प्रमोद अग्रहरि अब बंगलादेशी फिल्ममा पनि देखिने हुनुभएको छ । आफ्नो पहिलो बंगलादेशी चलचित्रको तयारीका लागि अहिले उहाँ अहिले उहाँ बंगलादेश पुगिसक्नुभएको छ । उहाँले बंगलादेशी फिल्मका निर्देशक ट्यानमोइ सोर्जोसँगको फोटो शेयर गर्दै आफूले बंगलादेशको चलचित्रमा डेब्यु गर्न लागेको कुराको जानकारी गराउनुभएको हो ।
बंगलादेशी फिल्ममा डेब्यु गर्दै अभिनेता प्रमोद अग्रहरि


