काठमाडौं- ‘माइतीघर’ का सफल निर्देशक मिलन तामाङले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को घोषणा गरेका छन्। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना रहेको बताइएको छ। यसैबीच, फिल्मका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको भनाई रहेको छ। यस फिल्मको प्रदर्शन मिति भने अहिले तय गरिएको छैन।
यस फिल्ममा को को कलाकार र प्राविधिक रहन्छन् भन्ने बारेमा पनि निर्देशक तामाङले बताएका छैनन्। उनले केहि दिनपछि फिल्मको सम्पुर्ण जानकारी दिने बताएका छन्।
उनले भने- ‘अहिले फिल्मको टाइटल मात्र रिलिज गरेका ...
‘माइतीघर’ का निर्देशक मिलन तामाङले घोषणा गरे दोस्रो फिल्म ‘कहाँ भेटिएला’


