काठमाडौं– अभिनेता पल शाह स्टेजका राजा भन्ने कुराको प्रमाण पटक–पटक उनी स्टेज पुग्दा उर्लिएको भिडबाट प्रमाणित भैसकेको छ ।
यी अभिनेतालाई प्रायः महोत्सवको हिरो तर फिल्ममा जिरो भन्ने ट्यागसमेत लाग्दै आएको थियो । यद्यपि यो ट्यागलाई पनि अभिनेता शाहले केहि समय अगाडि प्रदर्शनमा आएको फिल्म ‘मोहर’ को व्यवसायिक सफलताबाट पखाल्न सफल भएका छन् । अहिले भने यी अभिनेता फिल्म तथा महोत्सव दुबैतर्फ कै हिरो बनेका छन् ।
यसैबीच पलको क्रेज कतिसम्म छ भन्ने कुराको उदाहरण भारतको बैंग्लोरमा उर्लिएको भिडले देखाएको छ । भारतीय भूमिमा नेपालका अभिनेताको बलिउड अभिनेताभन्दा बढी देखिएको ...
पल शाहका फ्यान पन्छाउन भारतीय प्रहरीलाई हम्मे-हम्मे


