काठमाडौं । आगामी मंसिर ५ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘चिराग’को गीत ‘फूल बनि फुल्थेँ’ सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा दीपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रका लेखक तथा निर्देशक त्यागमूर्तिको शब्द र संगीत रहेको गीतको भिडियोलाई विशेष गरी भिएफएक्स टेक्नोलोजीमार्फत निर्माण गरिएको छ ।
‘चिराग’को फूल बनि फुल्थेँ’


