बर्दिया- बर्दियाको राजापुरमा छायांकन हुने नेपाली फिल्म ‘लालीबजार’ का लागि स्थानीय प्रतिभाशाली कलाकारहरूको खोजी प्रारम्भ भएको छ ।
यीो फिल्म निर्माण टिमले अभिनयमा रुचि राख्ने र योग्य व्यक्तिहरूलाई सहभागी हुन घोषणा गरेको छ ।
फिल्ममा सहभागी हुने महिला कलाकारको उमेर २२–६० वर्ष, पुरुष कलाकारको उमेर २०–६० वर्ष तथा बाल कलाकारको उमेर ७–१७ वर्षसम्मका लागि आवेदन खुला गरिएको छ
।
आयोजकहरूले इच्छुक कलाकारहरूले आजै सम्पर्क गर्न सक्ने बताएका छन् । आवेदनका लागि सम्पर्क विवरण यस प्रकार छन्:
फोन: +९७७९८२२६७८९४८
इमेल: shatkonarts@gmail.com
फिल्मको सुटिङ राजापुर रिभरसाइड होटेल एण्ड रिसोर्ट, राजापुर-३, टेडिया, बर्दियामा हुने जनाएको ...
बर्दियामा फिल्म ‘लालीबजार’ का लागि कलाकार खोजी


