काठमाडौं- बडादशैँको पूर्णिमाको अवसर पारेर फिल्म ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौँ..’ रिलिज भएको छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दोस्रो गीत रिलिज गरेको हो ।
राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङको छ भने संगीत तोरेम्पाहाङ राईले भरेका छन् ।
ओएसआरको युट्यूब च्यानलबाट रिलिज गरिएको यो गीतमा दुई जोडी कलाकारले नाचेका छन् । भिडियोमा दयाहाङ राई, दीया पुन, धिरज मगर र मिरुना मगर छन् । उनीहरुले छमछमी साकेला नाचेका छन् ।
नेपालको पूर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको ...
‘मैझारो ‘ को ‘साकेला नाचौँ’ मा छमछमी नाचे दयाहाङ, दीया, धिरज र मिरुना (भिडियो)


