काठमाडौं- फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले फिल्म प्रदर्शनको मिति हेरफेर गरेको हो ।
यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो फिल्म अब कार्तिक २१ गते अर्थात् नोभेम्बर ७ बाट दर्शकमाझ आउने भएको छ ।
फिल्मका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन् ।
दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा फिल्म प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ रहेको छ । उनले ...
फिल्म क्षेत्रलाई विपद्को असर : ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर


