काठमाडौं– निर्देशक जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भईरहेको नयाँ नेपाली फिल्म ‘स्त्री’ को छायांकन सम्पन्न भएको छ । काठमाडौं आसपासका लोकेशनमा छायांकन गरिएको यो फिल्मको एउटा गीत बाँकि राख्दै अन्य सम्पूर्ण दृश्यहरुको छायांकन सकिएको निर्देशक शाहीले बताएका छन् ।
मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई निर्माता रहेको यस फिल्ममा निर्देशक शाहीकै कथा रहेको छ। पटकथामा निर्देशक जीवन शाहीलाई किशन अर्यालले सघाएका छन् ।
यो फिल्मको छायांकन रामशरण उप्रेतीले गरेका हुन्, जसमा बाबुल गिरीको संगीत, प्रोजेक्ट म्यानेजरमा सुवास काफ्ले, द्वन्द्व निर्देशनमा देव महर्जन, प्रमुख सह–निर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल, ड्रेस ...
‘स्त्री’ को ईण्ड–क्ल्याप


