काठमाडौं- बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएका तीन वटै नेपाली फिल्मले पहिलो दिन उत्साहपूर्ण व्यापार गरेको निर्माण संस्तथाले जनाएका छन् ।
बलिदान, हरि बहादुरको जुत्ता तथा माइतीघरले अपेक्षा अनुरुप नै पहिलो दिन उत्कृष्ट व्यपार गरेका हुन् ।
सोमवार बिहान ५:३० बजेदेखि प्रदर्शन प्रारम्भ भएको यी तीन फिल्मको व्यापार आज महाअष्टमीको दिन अझ उत्कृष्ट हुने संकेत देखिएको छ ।
यसैबीच, ‘हरिबहादुरको जुत्ता’ को निर्माण टीमले सोमवारको तुलनामा आज मांंङ्गलवार शो संख्या बढेको जानकारी गराएको छ । ‘आज हाम्रो फिल्मको शो संख्या पनि बढ्दै गएको छ, प्राय: सबै शो हाउसफूल हुँदैछन्, फिल्मका ...
तीन वटै फिल्मको उत्कृष्ट ओपनिङ, शो संख्या बढाउँदै ‘हरिबहादुरको जुत्ता’


