काठमाडौं- आगामी असोज १३ गते सोमवार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली फिल्म ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ
। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भूषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ ।
भिडियोमा घना जङ्गलबीचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबीच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन् । भिडियोमा कोरियोग्राफरसमेत रहेका सुनिल क्षेत्री र फिल्मका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ । सेनले फिल्ममा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन् ।
यसअघि, ‘बलिदान’ लाई केन्द्रीय चलचित्र ...
‘बलिदान’ को ‘बाङ्गा बाङ्गा’ मा आदिवासीमाझ देखिए समीर भट्ट


