‘आ बाट आमा’ को ईण्ड–क्ल्याप

KalakarmiKalakarmiSourceSep 27, 20251 min read
‘आ बाट आमा’ को ईण्ड–क्ल्याप
काठमाडौं– चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्म ‘आबाट आमा’ को २५ दिनमै ईण्ड–क्ल्याप गरिएको छ । निर्देशक पन्तले फिल्म ‘आबाट आमा’ को छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसँगै चितवनबाट छायांकन थालेका थिए । एक महिनाको सेड्युलमा छायांकन थालेता पनि कलाकार तथा प्राविधिक पक्षको मेहनतका कारण पाँच दिनअघि नै फिल्मको सुटिङ सकिएको निर्देशक पन्तले जानकारी दिएका छन् । यसैबीच, यो फिल्मको छायांकन सकिएलगत्तै निर्देशक पन्तले अभिनेता पल शाहलाई अर्को अनटाइल फिल्मका लागि अनुवन्ध गरेका छन् । निर्देशक चन्द्र पन्तले फिल्मको नाम र अन्य कलाकारको बारेमा केहि दिनपछि जानकारी दिने बताएका छन् ...