शनिवार प्रदर्शनको ५१औँ दिन मनाउँदै ‘मोहर’

KalakarmiKalakarmiSourceSep 26, 20251 min read
शनिवार प्रदर्शनको ५१औँ दिन मनाउँदै ‘मोहर’
काठमाडौं– गत साउन २३ गतेदेखि प्रदर्शनमा आएको ओम प्रतिकद्वारा निर्देशित नेपाली फिल्म ‘मोहर’ ले प्रदर्शनको ५१औँ दिन मनाउने भएको छ । आज असोज १० गते शुक्रवारदेखि प्रदर्शनको आठौं हप्तामा प्रवेश गरेको यो फिल्मले भोलि असोज ११ गते शनिवार प्रदर्शनको ५१औँ दिन पूरा गर्दैछ । निर्देशक ओम प्रतिकले सामाजिक सञ्जालमा आज ५०औं दिनमा प्रदर्शन भैरहेको फिल्मका केही शोहरुको स्क्रिनशट शेयर गर्दै लेखेका छन्– ‘तपाईंहरूको माया र साथले हाम्रो फिल्म निरन्तर चलिरहेको छ । यो यात्रा तपाईँ बिना सम्भव थिएन । सिनेमा हलमा गएर अझै पनि ‘मोहर’ हेर्न नभुल्नुहोस् । मोहर– ...