राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ असोज २५ देखि बजारमा

KalakarmiKalakarmiSourceSep 25, 20251 min read
राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ असोज २५ देखि बजारमा
काठमाडौं- अभिनेता राजेश हमालको जीवन, फिल्म तथा जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ यही असोज २५ देखि बजारमा आउने भएको छ । बडादशैँको कोसेलीस्वरूप भदौमा पुस्तक सार्वजनिक गर्ने तयारी गरिए पनि पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमका कारण पुस्तक सार्वजनिक गरिने मिति सारिएको हो । यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरणसमेत अनावरण गरिसकिएको छ । ‘बहुप्रतीक्षित एवम् महत्त्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एक, हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा हामी हर्षित छौं,’ फाइनप्रिन्टका नीरज भारीले भने- ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिने ...