‘मैझारो’ टिजरमा त्रिकोणात्मक प्रेम र लिम्बू संस्कृति

eHimalaya TimeseHimalaya TimesSourceSep 23, 20251 min read
‘मैझारो’ टिजरमा त्रिकोणात्मक प्रेम र लिम्बू संस्कृति
काठमाडौं । चलचित्र ‘मैझारो’को टिजर सार्वजनिक गरिएको छ । विल्सनविक्रम राई (तक्मे बुढा)को निर्देशनमा बनेको यो चलचित्रको सोमबार घटस्थापनको दिन पारेर टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक दुई मिनेट लामो टिजरले चलचित्रको कथा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको संकेत गर्छ । चलचित्रले लिम्बू समुदायको संस्कार र संस्कृतिलाई पनि कथाको महत्वपूर्ण हिस्सा बनाएर प्रस्तुत गरेको छ ।