पर्यटन मन्त्रीमा मनिषा कोइरालाको चर्चा

KalakarmiKalakarmiSourceSep 23, 20251 min read
पर्यटन मन्त्रीमा मनिषा कोइरालाको चर्चा
काठमाडौं– जेन–जी आन्दोलनपछि बनेको अन्तरिम मन्त्रिपरिषदमा अझै केही मन्त्रालयको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हालेकी छिन् । तीमध्ये एक प्रमुख मन्त्रालय हो पर्यटन मन्त्रालय । केही समयअघि अभिनेता राजेश हमालको नाम सम्भावित परराष्ट्र मन्त्रीको रुपमा चर्चा आएका थियो । अहिले भने अभिनेत्री मनिषा कोइरालाको नाम सम्भावित पर्यटन मन्त्रीको रुपमा चर्चामा आएको छ । सामाजिक सञ्जालमा अभिनेत्री कोइरालाको नाम पर्यटन मन्त्रीको रुपमा चर्चामा आएको हो । राजनीतिक तथा सांस्कृतिक वृत्तमा अभिनेत्री कोइरालाको सम्भावनाबारे चासो बढेको पाइएको छ । लामो समयदेखि भारतीय फिल्म उद्योग अर्थात बलिउडमा सक्रिय रहँदै आएकी अभिनेत्री कोइरालाको पारिवारिक ...