काठमाडौं– मिस नेपाल २०२५ मा अडिसन दिएको एउटा भिडियो क्ल्प्सि सार्वजनिक भएपछि चर्चामा आएकी रोशनी खड्काले अब नेपाली फिल्ममा डेब्यू गर्ने पक्का भएको छ ।
मिस नेपालको अडिसनको क्रममा गरिएको जिज्ञासाका कारण उनलाई चर्चामा ल्याइएको थियो । यद्यपि, उक्त भिडियो सम्पादन गरिएको तथा आफूमाथि कुनै पनि प्रकारको भेदभाव नगरिएको खड्काले प्रष्ट पारेकी थिइन् ।
यसैबीच, उनै खड्कालाई फिल्म निर्देशक राजु गिरीले आफ्नो नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को प्रमुख अभिनेत्रीमा अनुवन्धित गरेका छन् । मोडल तथा थिएटर आर्टिष्ट खड्काको यो डेब्यु फिल्म हुनेछ ।
सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखन तथा राजु ...


