काठमाडौं- दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन् ।
यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन् । उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ ।
यो दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ ।
पोस्टरले नीर शाहको भूमिका र फिल्मको कथावस्तुबारे विभिन्न अड्कलबाजीहरू ...
‘परान’ को नयाँ पोस्टरमा नीर शाह


