‘जेरी अन टप’ को ‘कस्तूरी’ मा अनमोलसँग रोमान्टिक देखिइन् आँचल (भिडियो)

KalakarmiKalakarmiSourceSep 22, 20251 min read
‘जेरी अन टप’ को ‘कस्तूरी’ मा अनमोलसँग रोमान्टिक देखिइन् आँचल (भिडियो)
काठमाडौं– यहि असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको नयाँ नेपाली फिल्म ‘जेरी अन टप’ मा समावेश पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक गरिएको छ । बडादशैँको पहिलो दिन अर्थात आज घटस्थापनाको अवसर पारेर निर्माण संस्था अनन्या फिल्म्सले यो गीत युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरू भिडियोमा कैद गरिएको छ । उच्च मेकिङ र कलरफूल देखिने भिडियोमा कोरियोग्राफी किरण थापाको छ । थापाले अनमोल र आँचललाई रोमान्टिक ‘लभ वर्ड’ को रूपमा चित्रित गराएका ...