अब ‘ऊनको स्वीटर’ ओटीटीमार्फत घरमै बसेर हेर्न सकिने

KalakarmiKalakarmiSourceSep 21, 20251 min read
अब ‘ऊनको स्वीटर’ ओटीटीमार्फत घरमै बसेर हेर्न सकिने
काठमाडौं– व्यवसायिक रुपमा सफल भएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लेटफर्ममा रिलिज गरिएको छ । गत वैशाख २६ गते सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मलाई ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको हो । बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो फिल्म अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन अथवा कम्प्युटरमा हेर्न सक्नेछन् । आर्टमान्डूले निर्माण गरेको ‘ऊनको स्वीटर’ ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो । मिडिया र स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक समीक्षा पाएको यस चलचित्रको निर्देशन र लेखन नवीन चौहानले गरेका हुन् । यो फिल्ममा ...