काठमाडौं– नयाँ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ ।
बडादशैँको फूलपातिका दिन अर्थात आगामी असोज १३ गतेदेखि प्रदर्शनमा आउने यो वर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको यो फिल्मको ट्रेलर शनिवार सार्वजनिक भएको हो ।
दिपेन्द्र के खनालद्वारा निर्देशित यो फिल्मको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक विषयलाई पनि समेटेको छ ।
यो फिल्ममा लोकप्रिय कलाकरा हरिवंश आचार्य हरिबहादुर पात्रमा प्रस्तुत भएका छन् । नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आउने उतारचढावको कथालाई फिल्मको ट्रेलरमा समावेश गरिएको छ ।
योसंगै युवापुस्ताले खोजेको राजनैतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाई ...
ट्रेलरमा ‘हरिबहादुरको जुत्ता’: जोडदार कमेडीदेखि राजनैतिक परिवर्तनसम्मका विषय (भिडियो)


