सातौं नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव जुन २० देखि २३ सम्म

KalakarmiKalakarmiSourceFeb 1, 20241 min read
सातौं नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव जुन २० देखि २३ सम्म
वासिङ्गटन डीसी- नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण २०२४ जुन २० देखि २३ सम्म हुने भएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने सातौं अन्तराष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरीबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ। चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन्। नेपाल, अमेरिका र दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन्। अमेरिकाका ...